काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले कर छुटसम्बन्धी सूचना प्रकाशित गरेको छ ।
काठमाण्डौ महानगरमा पुस मसान्तभित्र कर बुझाउँदा १० प्रतिशत छुट पाइने भएको छ । जसअनुसार महानगरपालिकालाई बुझाउनुपर्ने सम्पत्ति कर, व्यवसाय कर र बहाल कर छ भने पुस मसान्तभित्र बुझाउँदा चालु आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट दिइनेछ ।
यस्तै महानगरपालिकाले जरिवाना छुटसम्बन्धी सूचना पनि प्रकाशित गरेको छ । जसअनुसार पुस मसान्तभित्र बक्यौता बुझाउँदा लाग्ने सबै जरिवाना छुट गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले समयमै कर बुझाएर जरिवाना छुट सुविधा लिन अनुरोध गरेको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times