काठमाण्डौ । मञ्जुश्री फाइनान्स कम्पनीमा निमित्त सिइओको जिम्मेवारी तेज राज तिमिल्सनालाई दिइएको छ ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत तिमिल्सनालाई पुस १६ गतेबाट लागू हुनेगरी कार्यबाहक प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी दिएको हो ।
कम्पनीका सिइओ नारायण सुवेदीले पदबाट दिएको राजिनामा पुस १६ गते बसेको संचालक समितिले आज पुस १७ गतेबाट लागू हुनेगरी स्वीकृत गरेको हो ।
© 2024: Arthachautari मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times