images
images

सर्वोत्तम सिमेन्टले पुस २५ देखि बुक बिल्डिंग विधिबाट आइपीओ निष्काशन गर्ने

images

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि बुक बिल्डिंग विधिबाट आइपीओ निष्काशन गर्ने भएको छ। उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

 

कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गर्न लागेको हो।

images