काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कान्तिपुर दैनिक विरुद्ध गालीवेइज्जतको मुद्दा दर्ता गराएका छन् ।
लामिछानेले अधिवक्ता अफताब आलमलाई वारेस राखेर काठमाण्डौ जिल्ला अदालतमा आज मुद्दा दायर गरेका हुन् ।
मंगलबार काठमाण्डौ जिल्ला अदालतमा दायर गरिएको मुद्दामा उनले कान्तिपुर दैनिकले आफ्नो मानहानी गरेको र क्षतिपूर्ति स्वरुप १५१ रुपैयाँ समेत भराई पाउ भनेका छन् ।
लामिछानेले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।
मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।’
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times