images
images

जापान एयरलाइन्सको जेट जहाजमा आगलागी, ३७९ यात्रु तथा क्रू मेम्बर सुरक्षित

images

काठमाण्डौ । जापान एयरलाइन्सको जेट जहाजमा आगलागी भएको छ । जापानको हनेदा विमानस्थलको धावन मार्गमा गुडिरहेको अवस्थामा उक्त जहाजमा आगो लागेको हो ।

समाचार एजेन्सीहरुका अनुसार उक्त जहाज होक्काइदो सहरबाट ३७९ भन्दा बढी यात्री लिएर जापान फर्किएको थियो । र, जहाज अवतरण लगत्तै धावन मार्गमा गुडिरहेको समयमा आगोको मुस्लो देखिएको हो ।

जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ । एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्‍याङबाट धुँवा निक्लिएको देखिन्छ ।

उक्त जहाज त्यहाँ रहेको अर्को जहाजमा ठोक्किएपछि आगो लागेको अनुमान गरिएको छ । यद्पि औपचारिक विवरण भने सार्वजनिक भएको छैन ।

images