काठमाण्डौ । टिभिएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न गरेको जानकारी दिएको छ ।
टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो । बेस्ट इन क्लास इन्डुरेन्स (सिङ्गल चार्जमा नै धेरै भन्दा धेरै माइलेज दिने), राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मुल्य जस्ता विशेषताहरुले गर्दा लन्च भएको ४ महिनाभन्दा कम समयमा नै टिभिएस आईक्युबले यस उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको जनाइएको छ ।
यस ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३,५०० किलो कम कार्बन डाइअक्साइड उत्पादन भएको कम्पनीले जानकारी दिएको छ, विश्वव्यापी रूपमा टिभिएस आईक्युब २२५,००० घरहरुमा पुग्न सफल भएको छ । १.२५ बिलियन किलोमिटर भन्दा बढी दुरी गुड्दा टिभिएस आईक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३,७६५ टन कार्बन उत्सर्जन घटाएको कम्पनीले जनाएको छ जुन १.७ मिलियन रूखहरू रोपेको बराबर हुन्छ । टिभिएस आईक्युबले देशमा नै उत्पादित बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्दै राष्ट्र निर्माणमा ठुलो योगदान पु¥याउँदै छ ।
१००,००० कि।मीको कोसेढुङ्गा पार गरेको खुसीयालीमा टिभिएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रा.लि.को सहकार्यमा टिभिएस आईक्युबका ग्राहकहरूसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको छ । नक्सालको टिभिएस शोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको टिभिएस आईक्युब ग्रीन रिभोलुसन राइडमा ३० जना राइडरहरूको सहभागीता थियो ।
यस कार्यक्रममा सेफ राइडिङको तालिम र सवारी साधनको मेन्टेनेन्स सम्बन्धी सुझावहरू प्रदान गरिनुको साथै सहभागी सबैलाई उपहार र प्रमाणपत्रहरू पनि प्रदान गरिएको थियो ।
टिभिएस आईक्युबले सिंगल चार्जमा १०० किलोमिटको रेन्ज प्रदान गर्दछ । शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७ किलोमिटर प्रतिघन्टाको टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघन्टासम्म एक्सेलरेसन दिन्छ । पावर ईको मोडले राइडलाई रेन्ज अथवा पफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । ७ इन्चको टि.एफ.टि क्लस्टरले म्युजिक कन्ट्रोल, थिम पसनलाइजेसन, भोइस एसिट जस्ता सुविधाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।