images
images

रेड्मी १२ सी अब छुट मूल्यमा

images

काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अंग्रेजीे नयाँ वर्षको उत्सवमा थप खुशी थप्न आफ्नो लोकप्रिय स्मार्टफोन रेड्मी १२ सी को मूल्य घटाएको छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेड्मी १२ सी मा अफर स्वरुप मुल्य घटाएको शाओमीले जनाएको छ ।

यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्युले भन्नुभयो, “अंग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूर्ण बनाउनुको लागि रेड्मी १२ सी को मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी छौं र हामी विश्वस्त छौं कि रेड्मी १२ सी को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गरिरहनेछ । ”

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२ सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी+ डिस्प्ले रहेको छ । फोनको फिंगरप्रिन्ट सेन्सरले तपाईंको डाटा २४÷७ सुरक्षित छ भनी सुनिश्चित गर्दछ ।

 

उपलब्धता
रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रंगहरूमा उपलब्ध छ । यो ४ जीबी + ६४ जीबी र ६जीबी + १२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध छ ।
रेडमी १२ सी ४+६४ जीबी –वास्तविक मूल्य रु १४,४९९ र छुट मूल्य रु १२,९९९ रहेको छ।
रेडमी १२ सी ६+१२८ जीबी –वास्तविक मूल्य रु १६,९९९ र छुट मूल्य रु १५,९९९ रहेको छ ।
रेडमी १२ सी देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ ।

 

images