logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • स्मार्ट डोर्सको सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय

    स्मार्ट डोर्सको सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय

    13
    SHARES
    स्मार्ट डोर्सको सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय

    काठमाण्डौ । स्मार्ट डोर्स लिमिटेडद्वारा साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । पुस १७ गते मङ्गलवार आयोजित एक कार्यक्रममा स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    रु२ करोड ८० लाख शेयर पुँजी बराबरको रु सय अङ्कित दरको २ लाख ८० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई विक्री गर्न लागिएको हो । सन् २०७८ मा स्थापना भएको यस कम्पनीले नेपालमा विभिन्न प्रकारको ढोकाहरू उत्पादन तथा बिक्री गर्दै आइरहेको छ ।

    आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

    कम्पनीले जर्मनी प्रविधिका मेशिनहरूबाट गुणस्तरीय ढोकाहरू २५ वर्षीय वारेन्टीका साथ नेपालमै उत्पादन गर्दै आइरहेको छ । साथै, यस कम्पनीद्वारा उत्पादित माईका ढोका, मेमरेन ढोका र थ्री डी ढोका विश्व भरी प्रसिद्ध छन् ।

     


    अर्थ चौतारी
  • बुधबार, १८ पुष २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट