logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • लक्ष्मी सनराइज बैंकले पुनः लिलामीमा राख्यो धितो बापतको जग्गा

    लक्ष्मी सनराइज बैंकले पुनः लिलामीमा राख्यो धितो बापतको जग्गा

    13
    SHARES
    लक्ष्मी सनराइज बैंकले पुनः लिलामीमा राख्यो धितो बापतको जग्गा

    काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ऋण चुक्ता नगर्ने ऋणीको धितो बापतको जग्गा लिलामी राखेको छ ।

    बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै सुनसरी बस्ने बलबाहादुर राई र उनकी श्रीमती नविना लिम्बुको नाममा रहेको सम्पत्ति लिलामीमा राखेको जनाएको हो । उनीहरुको नाममा सुनसरीको बाझगरा गाउँपालिका १ मा रहेको घरजग्गा लिलामीमा राखेको हो ।

    बैंकले सम्पत्ति पुनः लिलाम बिक्रीको ७ दिने सूचना सार्वजनिक गर्दै इच्छुक लगानीकर्ताबाट बोलपत्र आवदेन माग गरेको छ ।

    इच्छुक खरिदकर्ताले बोलपत्र सम्बन्धी शर्त बन्देज सहितको बोलपत्र फारम बैंकको प्रधान कार्यलय हातिसारस्थित कर्जा असुली साखामा आवेदन दिन पर्नेछ ।

    यो बाहेक शाखाकार्यलय धरानबाट पनि आवेदन दिन पाउने छन् । ताकेता गर्दा पनि ऋणी कर्जा चुक्ता गर्न नआएपछि सम्पत्ति लिलामीमा राखिएको बैंकले जनाएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १७ पुष २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट