logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

    कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

    52
    SHARES
    कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

    काठमाण्डौ । कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसावलगायत वित्तीय विवरणसँग सम्वन्धीत अनुसूचीहरु पारित गरेको छ ।

    सभामा कम्पनीका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत(सीईओ) दिनेश थकालीले सेयरधनीहरुले राखेको जिज्ञासाबारे जवाफ दिएका थिए । सभामा सीईओ थकालीले चालू आवको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम सञ्चालन गरिएको बताए ।

    सभामा सञ्चालक समितिका सदस्य भिम प्रसाद तुलाचनले स्वागत गरेका थिए भने कम्पनीका कानून विभाग प्रमुख डण्डपानी भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।


    अर्थ चौतारी
  • बुधबार, १८ पुष २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट