images
images

आइएमई लाइफ लम्की शाखाले गर्यो मृत्यु दाबी रकम भुक्तानी

images

काठमाण्डौ । आइएमई लाइफ लम्की शाखाले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । लम्कीचुहा नगरपालिका– १, कुन्टिखेतका बीमित स्व. विकाश भण्डारीकी आमा दुर्गा भण्डारी र श्रीमती ममता बिष्टलाई संयुक्त रूपमा दश लाख एकहत्तर हजार रुपैयाँ प्रदान गरेको शाखाले जनाएको छ ।

कम्पनीका सुदुरपश्चिम स्टेड बिजनेश हेड सुमन प्रसाद तिमिल्सैना र लम्की चुहा नपा १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल द्वारा संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् । बीमा जारी भएको छोटो समयमा २०८० साल मंसिर ९ गते सडक दुघर्टना मा परि निधन भएको थियो। बीमा रकम बुझेपछि श्रीमती ममता विष्टले आइएमई लाइफलाई धन्यवाद दिइन् ।

स्व. विकाश भण्डारीले २०७८ साल पुष ३० गते २० वर्षे पाँच लाख दश हजार बिमाङ्ग रकमको आइएमई सरल जीवन बीमा को दुई किस्ता रु ५० हजार १९६ र छोरा इसान भण्डारीको मिति २०७९ वैशाख ११ गते २० वर्षे तीन लाख बीमाङ्ग रकमको आईएमई बाल उज्ज्वल जीवन बीमाको दुई किस्ता २९ हजार ६२९ मात्र बीमा शुल्क तिरेर आइएमई लाइफ लम्की शाखामा बीमा गरेका थिए ।

images