काठमाण्डौ । शिवशिखर बहुउद्देशीय सहकारीबाट पाउनु पर्ने रकमको लागि आवेदन दिन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आग्रह गरेको छ । कार्यालयले आज सूचना प्रकाशन गर्दै ३५ दिन भित्र मागदाबीको लागि आवेदन दिन आग्रह गरेको हो ।
समितिको वेवसाइट https://coopmc.gov.np मा गई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाईन मागदावी आवेदन मार्फत सप्रमाण दावी पेश गर्न समितिले आग्रह गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरको मिति २०८०–०५–२५ को निर्णयानुसार शिवशिखर बहुउद्धेशीय सहकारी संस्था लिमिटेडलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरीएको थियो ।
सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समिति समक्ष लेखी आएकोले सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनु पर्ने रकमको मागदाबी गर्न सूचना प्रकाशन गरिएको समितिले जनाएको छ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times