काठमाण्डौ । शेयर बजारमा आज बुधबार हरियाली छाएको छ । आज शेयर बजार परिसूचक नेप्से २७ दशमलब ९० दोहोरो अंकले बढेर २ हजार ५८को विन्दुमा पुगेको छ । लगातार छ दिनसम्म घटेको शेयर बजार आज बढेको हो ।
आज सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत्, होटल तथा पर्यटन र लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ । आज ६ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज लक्ष्मी लघुवित्तको शेयर भने सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।
आज एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको शेयर भने सात प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।