images
images

मुक्तिनाथ विकास बैंकको नयाँ योजना, वार्षिकोत्सवका अवसरमा ग्राहकले ५ हजारसम्म पाउने 

images

काठमाण्डौ। मुक्तिनाथ विकास बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि नयाँ योजना ल्याएको छ। बैंकले ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्न विभिन्न योजना सार्वजनिक गरेको हो।

टपअप धमाका योजनामा बैंकको मोबाइल बैंकिङमार्फत २०० रुपैयाँ वा सोभन्दा बढीको टपअप कारोबार गर्दा दैनिक १८ ग्राहकले लक्की ड्रमार्फत २०० रुपैयाँ टपअप प्राप्त गर्नेछन्। यो योजना पुस १९ देखि २५ गते सम्मका लागि हो।

बिजुली र इन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरी अर्को योजना ल्याइएको छ। यो योजनामा बैंकको मोबाइल बैंकिङमार्फत हालसम्म बिजुली र इन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकले पहिलो कारोबारमा भुक्तानी रकमको ५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ पाउने छन्।

यसअघि देखि नै मोबाइल बैंकिङमार्फत बिल भुक्तानी गरिरहेका ग्राहकले यस अवधिमा पुनः भुक्तानी गरे उनीहरुमध्ये बिजुलीको बिल र इन्टरनेटको बिलतर्फ १र१ जनाले लक्की ड्रमार्फत ५ महिनासम्मको बिल भुक्तानी वा अधिकतम ५ हजार रुपैयाँ पाउने बैंकले जनाएको छ। यो योजना पुस १९ देखि माघ १९ गते सम्म लागू हुनेछ।

यस्तै क्यूआरमार्फत योजना अवधिमा एक पटक वा पटक पटक गरी ५०० रुपैयाँसम्मको कारोबार गर्ने ग्राहकमध्ये ५ जनाले लक्की ड्रमार्फत स्मार्ट वाच पाउनेछन्। यसअघि क्यूआरमार्फत कारोबार गरेका ग्राहक यो वोजनामा सहभागी हुन पाउने छैनन्। यो योजना पुस १९ देखि माघ १९ गतेसम्मका लागि हो।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहित गर्न भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटीएमबाट शुल्कविनै रकम झिक्न सकिने व्यवस्था गरिएको पनि जनाएको छ।

images