images
images

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

images

काठमाण्डौ । जापानको इसिकावा प्रान्तमा बुधबार गएको भूकम्प र त्यसपछिका परकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ ।

सोमबार गएको ७ दशमलब ६ रेक्टरस्केलको भूकम्पले इसिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ । भग्नावशेष र भत्किएका सडकले खोजी र उद्धार कार्यमा असहजिलो भएकाले क्षतीको पूर्ण जानकारी अझै आउन सकेको छैन ।

भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा आज बिहान ५ दशमलब ४ र हिजो साँझ पनि ४ दशमलव ६ म्याग्निच्युडका दुई वटा परकम्प गएका छन् ।

 

images