images
images

धरपकड शैलीमा व्यवसायी पक्राउ गर्न नहुनेः विष्णु अग्रवाल

images

काठमाण्डौ । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले धरपकड शैलीमा व्यवसायी पक्राउ गर्न नहुने बताएका छन् । परिसंघले प्रक्रियाको विषय उठाइरहेको भन्दै आज आकस्मिकरुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान अध्यक्ष अग्रवालले धरपकड शैलीमा व्यवसायी पक्राउ गर्न नहुने बताएका हुन् ।

व्यवसायीलाई पक्राउ गर्नका लागि प्रक्रिया हुने र सोअनुसार पक्राउ गर्नुपर्ने उनको भनाई छ । देशमा ठूलो मात्रामा लगानी गरिरहेको उद्योगी व्यवसायी रातारात भाग्ने जसरी पक्राउ गर्नुनै गलत भएको उनको भनाई छ ।

‘व्यवसाय गरिरहेको व्यवसायीलाई थुनामा राख्दा देशको उद्योग धन्दा कसरी चल्छ,’ उनले थपे, ‘यो प्रक्रिया नै गलत भयो । यसलाई तत्काल रोक्नुपर्छ ।’

images