images
images

प्रमाण र आधार विना नै छानविनका नाममा पक्राउ गर्नु आपत्तीजनक छः नाडा

images
images

काठमाण्डौ । उद्योगी अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार विना नै नेपाल प्रहरीले छानविनका नाममा पक्राउ गरेकोमा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल नाडाले घोर भत्सना गरेको छ ।

आज बिज्ञीती जारी गर्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका सदस्य, सीजी होल्डिङ्गसका अध्यक्ष, प्रवन्ध निर्देशक उद्योगी अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार विना नै नेपाल प्रहरीले छानविनका नाममा पक्राउ गरेकोमा सरकारले गरेको त्यस कार्यको घोर भत्सना गरेको जनाएको छ । सम्बन्धित विषयको गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई आग्रह समेत गरेको छ ।

images

अटोमोवाइल्स एशोसिएशन अफ नेपाल नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले हस्ताक्षर गरेको विज्ञप्तीमा गिरफतारी तत्पश्चात मात्र समस्या पहिल्याउने प्रबृत्तिले व्यवसायीहरुलाई थप हतोत्साहित मात्र बनाएको भन्दै यसले आउदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको जनाएको छ ।

नाडाले पहिला आवश्यक छानविन र सत्यतथ्य यकीन गरेर मात्र कानूनी प्रकृयालाई अघि बढाउन हामी सरकारलाई आग्रह समेत गरेको छ ।