काठमाण्डौ । भारतले नेपाललाई दिने अनुदान रकम बढाएको छ । भारतका वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गर्नुभएको भारतको बजेटमा नेपालका लागि अनुदान रकम बढाएको उल्लेख गरिएको हो ।
आर्थिक वर्ष २०२३–२४ मा ५ अर्ब ५० करोड भारु अर्थात् ८ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४२५ का लागि ७ अर्ब भारु अर्थात् ११ अर्ब २० करोड नेपाली रुपैयाँ विनियोजन गरेको छ । भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम पनि बढाएर १० अर्ब ४० करोड रुपैयाँ पु¥याएको छ ।
भारतले नेपाल, भुटान र माल्दिभ्सबाहेक अफगानिस्तान, बंगलादेश, श्रीलंका, मंगोलिया, मौरिसस, म्यानमारसहित मुलुकलाई नामै तोकेर अनुदान छुट्ट्याउँदै आएको छ ।
© 2024: Arthachautari मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times