images
images

क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीनजना पक्राउ

images

काठमाण्डौ ।  प्रहरीले क्यासिनोमा अनलाइन जुवा खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

 

अन्नपूर्ण होटलको क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीनजना पक्राउ परेका छन् । काठमाण्डौ प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

बरामद रकममध्ये धेरै विदेशी मुद्रा रहेको बताइएको छ । उनीहरू अनलाइन जुवा खुलाउन संलग्न रहेको बताएपनि प्रहरीले थप खुलाएको छैन । यही प्रकरणमा अरु पनि पक्राउ पर्ने सक्ने भन्दै प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

images