logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • च्याम्पियन फुटवेयरमा १२ लाख लगानी गर्ने सम्झौता, तर चौधरी ग्रुपको २६ लाख लगानी देखियो : सीआईबी

    च्याम्पियन फुटवेयरमा १२ लाख लगानी गर्ने सम्झौता, तर चौधरी ग्रुपको २६ लाख लगानी देखियो : सीआईबी

    26
    SHARES
    च्याम्पियन फुटवेयरमा १२ लाख लगानी गर्ने सम्झौता, तर चौधरी ग्रुपको २६ लाख लगानी देखियो : सीआईबी

    काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाँसबारी जग्गा प्रकरणबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । प्रहरीले तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।

     

    बाँसबारी छालाजुत्ता कारखानाको कम्पाउण्डभित्र च्याम्पियन फुटवेयर स्थापना गरेर चौधरी समूहले सरकारलाई हानी गर्ने नियतले २६ लाख लगानी गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ । बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिसँग च्याम्पियन फुटवेयरमा २५ प्रतिशत लगानी गर्ने सम्झौता भएको थियो ।

     

    फुटवेयर लिमिटेडको जारी पुँजी अनुसार १२ लाख ५० हजार लगानी गनुपर्नेमा जग्गा हडप्ने उद्देश्यले २६ लाख लगानी गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । क्यानभास जुत्ता उत्पादन गर्नेगरी खोलिएको फुटवेयर बन्द गरेर चौधरी समूहले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापासँग मिलेर साविक नगर २२ (छ) को कित्ता नम्बर ५० को १० रोपनी जग्गा हक हस्तान्तरण गरेको केन्द्र्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

     

    बाँसबारी छालाजुत्ता कारखानाको सञ्चालक समितिलको निर्णय र प्रतिवेदनका आधारमा मालपोत कार्यालय डिल्लीबजारबाट हक हस्तान्तरण गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए । पत्रकार सम्मेलनमा उनले भने– ‘सरकारका निर्णय बिना कारखानाको नाममा भएको जग्गा बेचविखन गर्ने अधिकार सञ्चालक समितिलाई थिएन ।’

     

    नभएको अधिकार प्रयोग गरेर आरोपीहरुले आर्थिक लाभ लिएको भन्दै प्रहरीले मुलुकी ऐन–२०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता ०७४ को दफा २४९ र २७६ बमोजिमको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    cib-press


    अर्थ चौतारी
  • शुक्रबार, १९ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट