images
images

राष्ट्र बैंकले प्रोग्रेशिभ फाइनान्सलाई गर्यो कारबाही, किन त ?

images

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्सले जोखिमपूर्ण तबरले कर्जा प्रवाह गर्ने निर्णय गरेकोमा केन्द्रीय बैंकले कारबाही गरेको छ । सामान्यतः बैंकिङ क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्यांकन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको भन्दै राष्ट्र बैंकले कारवाहि गरेको जनाएको छ।

राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागका अनुसार प्रोग्रेशिभ फाइनान्सकोको २०७९ असार मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा सम्पन्न गरिएको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, २०७९ तथा राष्ट्र बैंकबाट सम्पन्न विशेष निरीक्षण प्रतिवदेन, २०७९ समेतका आधारमा महर्जन बिजनेस एसोसियट्स प्रालिलाई संस्थाले प्रारम्भमा कर्जा प्रवाह गर्दाको बखत नै कर्जा पूर्ण रुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैंकिङ क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्यांकन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको जनाएको छ।

 

पारिपासु सम्झौताअनुसार सम्बन्धित मालापोत कार्यालयमा धितो सम्पत्तिउपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानीलाई दृष्टिबन्धकमार्फत सुनिश्चित नगरेसम्म कर्जा पूर्ण रुपमा सुरक्षित रहेको मान्न सकिने नभएकोले यस्तो जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न प्रोग्रेशिभ फाइनान्सको सञ्चालक समितिलाई गत कात्तिक १९ गतेको निर्णयानुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२) को खण्ड (क) बमोजिम नसिहत दिइएको केन्द्रीय बैंकले जनाएको छ।

images