काठमाण्डौ । पश्चिम नवलपरासीकोमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका १६ केराबारीस्थित चोरघोल नजिकै सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको हो ।
गएराती अज्ञात समूहले गोली प्रहारगर्दा बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका १ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका थिए । विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन् । उनको देब्रे हातको केही भाग काटिएको छ । पसल बन्द गरेर फर्केको समय भएकोले लुटेरा हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times