images
images

सरकारद्वारा ६ लाख १५ हजार विपन्न परिवारलाई गरिब परिचयपत्र वितरण

images

काठमाण्डौ । सरकारले ६ लाख १५ हजार विपन्न परिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ । अहिलेसम्म ४९ जिल्लामा परिचय पत्र वितरणको काम सकिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ । वार्षिक प्रतिव्यक्ति रु २२ हजार नौ सय १९ खर्च गर्न नसक्नेलाई गरिब मानिएको छ ।

थप १५ जिल्लाका २ लाख ७१ हजार परिवारको तथ्याङ्क सङ्कलन सकेर स्विकृतीका लागि मन्त्रीपरिषद्मा पठाइएको मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत झबिन्द्रप्रसाद पाण्डेयले बताए । अब १३ जिल्लाका परिवारको तथ्याङ्क सङ्कलन बाँकी रहेको र आगामी वर्षभित्र ती जिल्लामा पनि वितरण सकिने उनले बताए ।

 

सरकारले उनीहरूलाई शिक्षामा छात्रवृत्ति, निःशुल्क स्वास्थ्य बिमाका साथै गरिबी न्यूनीकरणका परियोजनामा प्राथमिकता दिएको छ ।सरकारले गरिब परिवारलाई विपन्नताको परिचय दिएपनि उनिहरुका लागि सहुलियतका कार्यक्रम भने ल्याउन नसकेको गुनासो आइरहेको छ । सरकारले गरिब परिवार पहिचान गरि गरिबी निवारणका कार्यक्रम सञ्चालन गर्न २०७० सालदेखि तथ्याङ्क सङकलन सुरु गरेको थियो ।

 

पहिलो चरणमा २६ जिल्लाका परिवार पहिचान गरेर २०७४ सालबाट परिचयपत्र वितरण थालिएको थियो ।

images