logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • पूर्व मिस नेपाल सुगरिका केसी मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा नियुक्त

    पूर्व मिस नेपाल सुगरिका केसी मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा नियुक्त

    104
    SHARES
    पूर्व मिस नेपाल सुगरिका केसी मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा नियुक्त

    काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त भएकी छन् । कम्पनीको माघ २२ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    रिक्त रहेको सञ्चालक पदमा कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलिको नियम २७ को उपनियम ४ बमोजिम केसीलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरि नियुक्ति गरिएको कम्पनीले जानकारी गराएको छ ।

    कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा केसीको नियुक्तिले आम कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, लगानीकर्ता र सम्पूर्ण सरकारी तथा गैरसरकारी सरोकारवालाहरुमा कृषि क्षेत्रप्रति थप आकर्षण र सकारात्मक सन्देश प्रवाह हुने कम्पनीको अपेक्षा छ ।


    अर्थ चौतारी
  • सोमबार, २२ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट