काठमाण्डौ । नेपालीहरूले ६ महिनामा करिब ९३ अर्ब रुपैयाँ विदेश घुम्नका लागि खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मासिक प्रतिवेदन अनुसार पुस मसान्तसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय (खर्च) ६०.६ प्रतिशतले बढेर ९२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५७ अर्ब ८२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३५ अर्ब ३६ करोड रहेको थियो ।यसमध्ये शिक्षातर्फको व्यय ५८ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४४.४ प्रतिशतले बढेर ३९ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय ३६ अर्ब ६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३६ अर्ब २२ करोडले घाटामा रहेको थियो ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times