images
images

मल्टीपर्पस फाइनान्सको फागुन १८ गते २६औं वार्षिक साधारण सभा

images

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले फागुन १८ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा दिउसो १ बजे सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७९८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्याउनेछ । यस वर्ष कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन् । गत वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष पनि हात खाली बनाएको हो ।

यसअघि आर्थिक वर्ष ०७७–७८ को मुनाफाबाट कम्पनीले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश दिएको थियो । सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन समेत गराउनेछ ।

संस्थाको कार्यक्षेत्र विस्तार, प्रबन्धपत्र तथा नियमावली संशोधन र सो का लागि आवश्यक सूम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ३ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

images