काठमाण्डौ । घरेलु मनोरञ्जनमा अग्रणी ब्रान्ड टिसीएलले अडिओ क्वालिटीलाई अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ। टिसीएलका साउन्डबारहरूले मनपर्ने चलचित्रहरू, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्ने कम्पनीको भनाइ छ ।
वायरलेस सबवूफरले राम्रो क्वालिटीको बेस थप्छ भने घरको आराममा थिएटर जस्तो वातावरण महसुस गराउने कम्पनीको दाबी छ ।
जताततै अल्झिने तारहरुलाई हटाई टिसीएल साउन्डबारहरूले ब्लुटुथ मार्फत वायरलेस काम गर्दछ। टिसीएलका एस६४३डब्लु , एस५२२डब्लु र एस३३२डब्लु गरि ३ मोडलका साउन्डबारहरु नेपाली बजारमा उपलब्ध छन्। अब सहज रूपमा आफ्ना हरेक डिभाइस सँग टिसीएल का साउन्डबार जोडी कुनै झन्झट बिना आफ्नो मनपर्ने धुनहरूको आनन्द लिन मिलु, कम्पनीको भनाइ छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times