images
images

बैंक ब्याजदर एक अंकमा झार्न अधिकृत व्यवसायीको माग

images

काठमाण्डौ। बढ्दो ब्याजदर र चेक बाउन्सले संकटमा परेको अधिकृत व्यवसायीले बताएका छन् । आर्थिक मन्दीको असर खेपिरहेका व्यवसायी ब्याजदर एक अंकमा ल्याउन नसके व्यवसायमा टिक्न गाह्रो भएको बताएका छन् । बैंकले बढाएको ब्याजदरले व्यवसाय धरापमा परेको गुनासो छ । अधिकृत व्यवसायी संघको १४ औं साधारणसभामा अधिकृत व्यवसायीले भोगेको समस्या राखेका थिए ।

अध्यक्ष नारायण प्रधानले चेक र ब्याजदर अहिलेको मुख्य समस्या रहेको बताए । एक अंकको ब्याजदर नबनाए व्यवसायमा संकट आउने खतरा छ अध्यक्ष प्रधानले भने, व्यवसाय गरेर खाने वातावरण नै छैन ।उनका अनुसार संघले व्यवसायीको हकहित र सामाजिक काममा अग्रसर रहेको बताए ।

त्यस्तै नारायणघाटमा डिलरलाई फालेर अर्कोले सामान बिक्री गर्नु अर्को समस्या भएको व्यवसायीले बताएका छन् । संघले व्यावसायिक हकहितमा सदैव लागि परेको अध्यक्ष प्रधानले बताए । उनले सबै व्यवसायीलाई एकजुट बनाउँदै नयाँ सदस्यता वितरणलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

भरतपुरको दियालो फुडल्याण्डमा भएको साधारणसभामा संघले गरेका गतिविधि प्रस्तुत गरिएको थियो । महासचिव मनोज रौनियारले पेश गरेको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित भयो । प्रमुख अतिथि नेपाल बितरक महासंघका अध्यक्ष हरिराज पन्तले व्यवसायीहरु अहिले समस्यामा रहेको भन्दै सरकारी निकायले व्यवसायीहरुको समस्या बुझाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, अधिकृत व्यवसायी संघका संस्थापक अध्यक्ष पवनकुमार पिया, संस्थापक सल्लाहकार प्रचण्डलाल प्रधान, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद गैरेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित पदाधिकारीहरुलाई संघले सम्मान गरेको थियो ।

images