images
images

कृषि विकास बैंकले आर्थिक वर्ष २०७९–८० मा लाभांश नबाँड्ने

images

काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९–८० मा लाभांश नबाँड्ने घोषणा गरेको छ । कम्पनीको माघ २५ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले गत वर्षको नाफाबाट कुनै लाभांश वितरण नगरी वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

बैंकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

images