काठमाण्डौ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चैते धानको क्षेत्र विस्तारका लागि बिउ उत्पादन गर्न बृहत् परियोजना बनाउने भएको छ । धानमा आत्मनिर्भर हुन चैते धान उत्पादनमा जोड दिएको सरकारले बिउको व्यवस्थाका लागि परियोजना बनाउन लागेको हो ।
नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले चैते धान उत्पादनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिए । त्यसका लागि बिउ अपुग हुने देखिएपछि परियोजना नै बनाएर बिउ उत्पादनमा जोड दिइने उनले बताए ।
नार्कका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराईले भने, धानमा आत्मनिर्भर हुने एक मात्र उपाय चैते धान नै हो । चैते धान उत्पादनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सम्पूर्ण तयारी पूरा गरेको छ । त्यसका लागि बिउ अपुग हुने देखिएपछि परियोजना नै बनाएर बिउ उत्पादनमा जोड दिइन्छ । उनका अनुसार सरकारको कृषि नीति तथा उत्पादन वृद्धिका कार्यक्रमलाई सफल बनाउने उद्देश्यले नार्कले बृहत् बिउ उत्पादन परियोजना ल्याउन लागेको हो ।
सरकारको कृषि नीति तथा उत्पादन वृद्धिका कार्यक्रमलाई सफल बनाउने उद्देश्यले नार्कले बृहत् बिउ उत्पादन परियोजना ल्याउन लागेको हो । कृषि मन्त्रालयले चैते धानका लागि बाँझो जमिन सदुपयोग गर्न तयारी गरिरहेको छ । अब चाहिने जति बिउका लागि नार्कले गुणस्तरीय प्रजनन र मूल बिउ उत्पादनको बृहत् परियोजना लागु गर्न लागेको हो ।
यसै गरी धेरै उत्पादन र बिक्री हुने तरकारी गोलभेँडा र काक्रोका वर्णशङ्कर बिउ उत्पादन गर्ने तयारी गरिएको छ । यसका लागि प्रविधिमार्फत गुणस्तरीय प्रजनन गराई मूल बिउको परिमाण बढाएर माग पूरा गर्ने गरी नार्कले रूपान्तरणकारी परियोजना लागु गर्ने तयारी गरिरहेको छ ।