images
images

राष्ट्रिय वाणिज्य बैंकको न्यून ब्याजमा ‘मेरो घर कर्जा’ योजना, अधिकतम ५ करोड दिइने

images

काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले मेरो घर कर्जा योजना ल्याएको छ । घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्नका लागि अधिकतम पाँच करोड रुपैंयासम्म दिइने मेरो घर कर्जाको ब्याजदर बेस रेटमा १.२० प्रतिशत प्रिमियम जोडिने बैंकले जनाएको छ ।

 

हाल बैंकको बेस रेट ८.२५ प्रतिशत रहेकोमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा ग्राहकाले मेरो घर कर्जा लिन सक्नेछन् । कर्जा प्रशोधन तथा सेवा शुल्क एक पटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्ने बैंकले जनाएको छ । सो कर्जा अधिकतम २० वर्षका लागि मासिक किस्ताबन्दीमा प्रदान गर्ने बैंकले जारी गरेको विज्ञेप्तीमा जनाइएको छ ।

यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिनेछ । हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्सटेन्सन काउन्टर रहेको छ ।

पछिल्लो समय बैंकहरुले घर कर्जाको व्याजदरमा प्रतिस्पर्धा गरिरहेका छन्। यही दौडमा राष्ट्रिय वाणिज्य बैंकले पनि न्युन ब्याजदरमा घर कर्जा दिने योजना ल्याएको हो।

images