logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • सिटिजन्स बैंकले दियो बालबालिकालाई न्यानो कपडा

    सिटिजन्स बैंकले दियो बालबालिकालाई न्यानो कपडा

    65
    SHARES
    सिटिजन्स बैंकले दियो बालबालिकालाई न्यानो कपडा

    काठमाण्डौ । सिटिजन्स बैंकले बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमा घर, गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेको हो । बैंकले चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस भनेर विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको जनाएको छ । आमा घरमा शुक्रबार आयोजित समारोहका बीच सहयोग स्वरुप न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

    समारोहमा आफू उपस्थित हुन नपाएता पनि बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले आफ्नो संस्थाले सहयोग स्वरूप न्यानो कपडा बालबालिकाहरुलाई दिन पाउँदा समाज प्रतिको उत्तरदायित्व बोध गरेको सन्देश व्यक्त गरे । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको बैंकले बताएको छ ।

     

    बैंकले देशैभरी फैलिएका १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख १६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २६ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट