images
images

कोशी प्रदेश सरकारमा ४ मन्त्री र २ राज्यमन्त्री थपिए

images

काठमाण्डौ । कोशी प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक सरकार विस्तार गर्दै आज चार मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् । जसमा कांग्रेसबाट ओखलढुङ्गाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री नियुक्त भएक छन् । सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

यस्तै कांग्रेसका इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गरिएको छ । माओवादीबाट सङ्ंखुवासभाका राजेन्द्र कार्कीले सामाजिक विकास र उदयपुरका नारायण बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कार्कीले कार्तिक १७ गते नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गरेका थिए ।

अब ६ जना थपिएपछि कोशी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । मुख्यमन्त्रीमा आफू नियुक्त भएको ४ महिनापछि कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गठबन्धन र कांग्रेसमा विद्रोह गर्दै नेकपा एमालेको सहयोगमा असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले शपथ ग्रहण गर्दा दुई जनालाई मन्त्री बनाएका थिए । त्यसबेलाको सहयोगी दल एमालेका रामबहादुर राना र कांग्रेसका शमशेर राईलाई उहाँले मन्त्री बनाएरसँगै शपथ लिएका थिए ।

images