images
images

चितवनमा बस दुर्घटना, २० जना घाइते

images

काठमाण्डौ । चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । रौतहटबाट काठमाण्डौ आउँदै गरेको बागतमती प्रदेश ०१–००६ ख २००४ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा दुर्घटना भएको हो ।

सडक छेउमा रोकिराखेको ट्रकसँग ठोकिँदा २० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

उनिहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको सुवेदीले बताए ।

images