images
images

नेपाल व्यवस्थापन संघको समितिमा प्राधिकरणका अध्यक्षमा सिलवाल

images

काठमाण्डौ । नेपाल व्यवस्थापन संघको कार्यकारी समितिमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल निर्वाचित भएका छन् ।

व्यवस्थापन संघद्वारा शुक्रबार हिमालय होटलमा आयोजित राष्ट्रिय व्यवस्थापन सम्मेलनबाट संस्थागत प्रतिनिधिका रुपमा नेपाल बीमा प्राधिकरणको तर्फबाट सिलवाल संस्थागत कार्यकारी सदस्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

संघको सम्मेलनले मोहन ओझाको नेतृत्वमा दुई वर्षे आगामी कार्यकालका लागि नयाँ कार्य समितिको समेत चयन गरेको छ।

images