काठमाण्डौ। हालै प्राथमिक सेयर ९आईपीओ० जारी गरी दोस्रो बजारमा कारोबार भइरहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरणपश्चात ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ । सो बोनस सेयर पश्चात हुने चुक्ता पूँजी १० अर्ब ४० करोडको ८० प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
नेपाल बीमा प्राधिकरणको निर्देशन पुनरबीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने निर्णय भएसँगै कम्पनीले थप पुँजी वृद्धिका लागि राइट शेयर जारी गर्ने भएको हो ।
कम्पनीले ४ प्रतिशत बोनस सेयर र हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नका लागि फागुन २० गतेका लागि साधारणसभा बोलाएको छ । सो साधारणसभाबाट यी प्रस्ताव पारित हुनेछ । त्यस्तै कम्पनीले घोषणा गरेको ४ प्रतिशत सेयर बोनस फागुन ६ गतेसम्म योग्य लगानीकर्ताले मात्रै पाउने छन् । अर्थात् फागुन ७ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।
फागुन ६ गतेसम्म सेयर किनेका तथा होल्ड गरेका सेयरधनीले मात्रै ४ प्रतिशत बोनस सेयर पाउनेछन् र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको साधारणसभा राष्ट्रिय सभागृहमा बस्ने भएको छ । साधारणसभामा संस्थापक सेयरधनी समूहबाट १ जना र साधारण सेयरधनीबाट २ जना संचालक नियुक्तिका लागि निर्वाचन हुनेछ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times