images
images

नेप्से १०.५० अंकले घट्यो, सेयरबजारमा ४ अर्बको कारोबार

images

काठमाण्डौ । बजार परिसूचक नेप्से १०.५० अंकले घटेको छ। साताको पहिलो कारोबार दिन नै नेप्से घटेर २०८५.८२ विन्दुमा पुगेको हो।

यसदिन ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार ९१ कम्पनीको सेयर बढ्दा १४८ वटाको घटेको र ८ वटाको पुरानै मूल्यमा कारोबार भएको छ।

आज पनि समाज लघुवित्तका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका छन्। उनीहरुले प्रतिकित्ता ९२.३० रुपैयाँ कमाएका हुन्। यसबाहेक कुथेली बुखारी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशत कमाउँदा अन्य लगानीकर्ताले खासै कमाउन सकेनन्।

आज लगानीकर्ताले १० प्रतिशतसम्मै गुमाएका छन्। सर्वाधिक कारोबारमा भने हिमालयन रि इन्स्योरेन्स अगाडि छ। कम्पनीको आज ६२ करोडको सेयर खरिदबिक्री भएको छ।

images