images
images

एक वर्षमा १६ लाख ३ हजार ८३८ जना नेपाली विदेशीए, सबैभन्दा धेरै यूएईमा

images

काठमाण्डौ । नेपाली विदेशमा स्थायी बसोबासका लागि नेपालबाट पछिल्लो एक वर्षमा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेश गएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यागमनको विषयमा गरिएको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो ।

विभागले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए । विदेश गएकामध्ये ३ लाख ४० हजार ३६९ जना नेपाली भने विदेशमा नै बसेको विभागको भनाइ छ ।

यस अवधिमा अध्ययनका लागि १ लाख ८ हजार ५४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार ३४९, स्थायी बसोवास भिसामा ७० हजार ९१५ जना विदेश गएको विभागका महानिर्देशक रूद्रसिंह तामाङले बताए ।

त्यसपछि दोस्रो नम्बरमा पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना विदेशसिएका छन्। विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएको तामाङको भनाइ छ । यसरी पछिल्लो एक वर्षमा २ लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रूपमा विदेश बस्ने गरी गएको उहाँको भनाइ छ । २ लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरूको सङ्ख्या समावेश नभएको उनले बताए ।

यस्तै कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २६३ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना र उपचारमा समेत १९ हजार जना भन्दा बढी बाहिरिएका छन्। विभागका अनुसार उपचारका लागि पुरुष १० हजार ६९५ जना र महिला ८ हजार ८०९ जना गरी कुल १९ हजार ५०९ जना विभिन्न देशमा उपचारका लागि गएका हुन्।

यसैगरी व्यापारका लागि १८ हजार ९६४, अफिसियल भिजिटका लागि १६ हजार १११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको विभागको तथ्यांकमा उल्लेख छ। युएन मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरै बिदेसिएका छन्।

त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा धेरै सन् २०२३ मा संयुक्त अरब इमिरेट्स (यूएई)मा २ लाख ७१ हजार ०८८ जना गएका छन्। त्यसपछि भारतमा १ लाख ८० हजार ६०२, कतारमा १ लाख ७९ हजार ४४१, मलेसियामा १ लाख ६५ हजार २०१, साउदी अरेबियामा १ लाख ३६ हजार २०३ जना गएका छन्।

यस्तै छैटौं नम्बरमा अस्ट्रेलियामा सबैभन्दा धेरै नेपाली गएका छन्। अस्ट्रेलियामा एक वर्षको अवधिमा १ लाख ५ हजार ३४३ जना नेपाली गएका हुन्। यस्तै जापान, अमेरिका, युके र कुवेतमा क्रमशः सातौं, आठौं, नवौं र दशौं शीर्ष स्थानमा नेपालीको गन्तव्य देखिएको छ।

images