काठमाण्डौ । रियलमीको मेमोरी च्याम्पियन सि ५१ अब नयाँ भेरिएन्टमा बजारमा आएको छ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी सि ५१ को मुल्य १४,४९९ रहेको छ ।
५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५१ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ। यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्बिर खिच्ने जनाइएको छ । ७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५१ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्दछ ।
३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५१ मा शक्तिशाली ५००० एमएएचकोब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या नहुने रियलमीको दाबी छ । रियलमी सि ५१ मा ४ जिबी सम्मको डायनामिक ¥यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरुलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने जनाएको छ ।
अक्टा–कोर चिपसेटले एडभान्स टेक्नोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फमेन्स तथा अनुभव सुनिश्चित गर्दछ । ४+१२८ जीबी भेरिएन्टको रियलमी सि ५१ आकर्षक च्याम्पियन गोल्ड कलरमा १४ हजार ४ सय ९९ मा उपलब्ध रहेको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times