images
images

सुनसरीबाट १ करोड ८२ लाख नक्कली नोट बरामद, भारतीय नागरिक पक्राउ

images

काठमाण्डौ । सुनसरीमा भारतीय नम्बर प्लेटको गाडीमा १ करोड ८२ लाख ५१ हजार नक्कली नोट प्रहरीले बरामद गरेको छ ।

स्कारपियो गाडीमा १ हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । नक्कली नोटसँगै एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीमा ल्याउँदै गरेको अवस्थामा सुनसरीको इनरुवा नगरपालिका–४ बाट उक्त नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

नियमित जाँचका क्रममा रहेको प्रहरी टोलीले शंकास्पद लागेपछि उक्त गाडीको तलासी लिएको थियो । पछाडिको भागमा बोरा र झोलामा हालेर लुकाएर राखेको अवस्थामा भारतीय नक्कली नोट बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का एकजना व्यक्ति भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

images