काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शन लिमिटेडको खुद नाफा ६.४० प्रतिशतले बढेर ६४ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ६० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आम्दानी बढेसँगै यसको नाफा बढेको हो ।पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफा बढ्न पुगेको कम्पनीले जनाएको छ ।
एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३५.३७ प्रतिशतले बढेर ३ करोड ३० लख ८३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ७१.८४ प्रतिशतले बढेर १ करोड ३७ लाख ३० हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ८६ पैसा छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times