logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • कुमारी बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न, संचालकमा पशुपति मुरारका सहित ६ निर्वाचित

    कुमारी बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न, संचालकमा पशुपति मुरारका सहित ६ निर्वाचित

    39
    SHARES
    कुमारी बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न, संचालकमा पशुपति मुरारका सहित ६ निर्वाचित

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा भएको छ । आइतबार काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारण सभा सम्पन्न भएको हो ।

     

    सभाले आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९–८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८०–८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

    उक्त सम्पन्न साधारण सभामा भएको सञ्चालक समितिको चुनावमार्फत् संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जंगबहादुर राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका निर्वाचित भएका छन् ।

     

    त्यस्तै, सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।


    अर्थ चौतारी
  • सोमबार, २९ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट