images
images

एनआईसी एशिया बैंकका डेपुटी सीईओ पाण्डेको राजीनामा अस्वीकृत

images

काठमाण्डौ । एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा सञ्चालक समितिले अस्वीकृत गरेको छ।

पाण्डेले बुधबार सीइओ रोशन न्यौपानेसमक्ष राजीनामा दिएका थिए । शनिबार बसेको सञ्चालक समितिको बैठकमा डेपुटी सीईओ पाण्डेको राजीनामा सीईओ न्यौपानेले सञ्चालक समितिमा पेश गरेका थिए ।

तर, अहिलेको परिस्थितिमा उच्च व्यवस्थापनको राजीनामाले नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले पाण्डेको राजीनामा अस्वीकृत गरेको हो । २०७५ मंसिरदेखि पाण्डे डेपुटी सीईओका रुपमा कार्यरत छन् ।

images