प्रभु महालक्ष्मी लाइफका सीईओ सहित १५ जनाले रोजे स्वेच्छिक अवकाश

images

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित १५ उच्च पदस्थ कर्मचारीले स्वेच्छिक अवकाश रोजेका छन् । यसरी स्वेच्छिक अवकाश लिनेमा दुई जना नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समेत रहेका छन् ।

सीईओ, डीसीईओ सहित १५ जनाले (भीआरएस) सुविधाका लागि आवेदन दिएका हुन् । माघ २५ गतेसम्म खुला गरिएको भीआरएसका लागि सीईओ रमेश कुमार भट्टराई, डीसीईओ कमल पन्थी र रामेश्वर श्रेष्ठसहित १५ जनाले आवेदन दिएको कम्पनी स्रोतले जनाएको छ । कम्पनीका अनुसार जागिरको अवधि हेरेर १८ महिनासम्मको तलब बराबर भीआरएस सुविधा पाउने छन् ।टर्म अनुसारको डिप्रिसेसन दिने र तलब सुविधा पाउने स्रोतको भनाइ छ । तर, सीईओ भट्टराईले भने १३ महिनाको तलब र सवारी साधन पाउने छन् । निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईका अनुसार मर्जपछि कम्पनीमा कर्मचारीको संख्या बढी भएका कारण भीआरएस सुविधा ल्याइएको हो ।

images

स्रोतका अनुसार भीआरएसका लागि आवेदन दिने सबै साविक महालक्ष्मी लाइफका कर्मचारी हुन् । सीईओ भट्टराई र सञ्चालक समितिबीच खटपट भएपछि भट्टराईसहित उनी निकट सबै कर्मचारी बाहिरिएका हुन् । स्रोतका अनुसार सीईओ भट्टराईले सबै कर्मचारीलाई भीआरएस सुविधा लिन दबाब दिएका हुन् । भट्टराईले आफैंले नयाँ कम्पनी खोल्न लागेकाले सबैलाई भीआरएस लिन भनेको स्रोतको भनाइ छ ।

 

साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज भई गत असार २९ गते एकीकृत गरेका थिए । तर, मर्ज भएको ७ महिनामै साविक महालक्ष्मी लाइफका उच्च व्यवस्थापकहरू बाहिरिएका हुन् ।

images