images
images

आज सेयर बजार १५.३३ अंकले बढ्यो, ३ अर्ब ५८ करोड ६९ लाखबढिको सेयर कारोबार

images

काठमाण्डौ । आज सेयर बजार १५.३३ अंकले बढेर बन्द भएको छ । माघ महिनाको अन्तिम कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से सूचक १५.३३ अंकले बढेर २१०१.१६ बिन्दुमा पुगेको छ । फागुन महिनाको लागि वाणिज्य बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाउँदा सेयर बजारमा उत्साह देखिएको हो ।

सोमबार नेप्से सूचकमा उत्साह देखिएको भएता पनि कारोबार रकम भने आइतबारको तुलनामा केहि घटेको छ । सोमबार ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कुल १९९ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने ४ को स्थिर रह्यो । सोमबार ३ सय १४ कम्पनीको १ करोड १ लाख ८ सय १ सय २२ कित्ता सेयर ७५ हजार १ सय ५ पटक किनबेच भएको छ ।

 

यसदिन कारोबारमा आएको १ सय ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने, ४५ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य यथावत रहेको छ । कारोबारमा आएको ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आउको १३ कम्पनी उपसमूहमध्ये १ उपसमूहको मात्र सेयर मूल्य घटेको छ ।

 

बाँकी १२ उपसमूहको सेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहतर्फको सेयर मूल्य बढेको छ । आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २३ करोडमाथिको सेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्टक्चर, एनआईसी एशिया बैंक, नेपाल इन्स्योरेन्स, सोनापुर मिल्स, पिपुल्स पावर, हिमालयन डिष्टिलरी, भिजन लुम्बिनी, दोर्दी खोला र डाङी गुप्रको सर्वाधिक कारोबार भएको छ ।

images