काठमाण्डौ । चौधरी ग्रुपको अटो डिभिजन सीजी मोटर्सले जीएसी कम्पनीको आयन वाई गाडी नेपालमा सार्वजनिक गरेको छ ।
सोमबार निर्वाण चौधरीले ट्विटरमा फोटो पोष्ट गर्दै आयन वाई गाडी लन्च गरेको जानकारी दिएका हुन् ।
कम्पनीले रसुवागढी नाका हुँदै उक्त गाडी नेपाल ल्याएको हो । सीजी मोटर्सले जीएसी ब्रान्डको विद्युतीय गाडीको शोरुम थापाथलीमा राखेको छ ।
यसमा ५१.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसले एक पटकको फुल चार्जमा ४३० किलोमिटर रेन्ज प्रदान गर्छ। मोटर पावर १०० किलोवाट क्षमताको छ। जसले १७६ एनएम टर्क उत्पादन गर्न सक्छ।
गाडीको मूल्य ४६ लाख हाराहारीमा राखिने कम्पनी स्रोतले बताएको छ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times