logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

    सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

    403
    SHARES
    सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

    काठमाण्डौ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवद्र्धन विधेयक–२०८० राष्ट्रियसभाबाट पारित भएको छ ।

    प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर पठाएको विधेयक राष्ट्रियसभामा सर्वसम्मतिबाट स्वीकृत भएको हो । अध्यक्ष तिमिल्सिनाले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् ।

    विधेयकमाथिको सैद्धान्तिक छलफलमा राष्ट्रिय सभाका सदस्यहरुले स्रोत नखुलेको सम्पत्ति गैरकानुनी ठहर नभएमा वैध हुने दफा २८ को प्रावधानमा गम्भीर चासोसहित सरकारको ध्यानाकर्षण गराएका थिए ।

    अध्यक्ष तिमिल्सिनाले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यहरूले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्नसक्ने बताए ।

    जवाफमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आपराधिक कर्मबाट नकमाएको सम्पत्ति वैधानिकता दिने प्रक्रिया नपुगेमा मात्र वैध हुने बताए । तर, त्यस्तो सम्पत्तिमा ५० प्रतिशत कर लाग्ने उनले बताए । मन्त्रीको जवाफपछि विधेयक सर्वसम्मतिबाट स्वीकृत भएको हो ।


    अर्थ चौतारी
  • सोमबार, २९ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट