images
images

नेको इन्स्योरेन्स कम्पनीको खुद नाफा १५.२३ प्रतिशतले वृद्धि

images
images

काठमाण्डौ। नेको इन्स्योरेन्स कम्पनीको खुद नाफा १५.२३ प्रतिशतले वृद्धि भएको छ । मंगलबार कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा १५.२३ प्रतिशत वृद्धि भई २२ करोड १२ लाख ६७ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीले १९ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

images

६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६१ करोड ६० लाख ५९ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको तुलनामा भने ६।१० प्रतिशत मात्रै बढी हो । समिक्षा अवधिमा कम्पनीले ३३ करोड ९१ लाख रुपैयाँ खुद दाबी भुक्तानी दिएको छ ।

पुस मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १ अर्ब १५ करोड १० लाख रुपैयाँ छ भने कुल खर्च ६९ करोड ४१ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ । कम्पनीले विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ५६ लाख र महाविपत्ती कोषमा १२ करोड २३ लाख रुपैयाँ राखेको छ । यस्तै, कम्पनीको रिटेन्ड अर्निङ्ग ३६ करोड ३४ लाख र अन्य इक्विटी २६ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९इपिएस० पनि झिनो वृद्धि भई २१ रुपैयाँ ९९ पैसा पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ भने २३० रुपैयाँ ०१ पैसा छ।