logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • सरकारले करिब २ खर्बले घटायो बजेटको आकार

    सरकारले करिब २ खर्बले घटायो बजेटको आकार

    130
    SHARES
    सरकारले करिब २ खर्बले घटायो बजेटको आकार

    काठमाण्डौ। सरकारले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार २ खर्बको हाराहारीमा घटाएको छ । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका हुन् ।

    संशोधित बजेटको आकार १५ खर्ब ३० अर्ब कायम भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार बजेटको संशोधित अनुमान १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ छ । जुन, सुरु अनुमानको ८७.३७ प्रतिशत हो । अर्थमन्त्री महतका अनुसार चालुतर्फ विनियोजित रकमको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८७.३९ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।

     

    गत जेठ १५ गते सरकारले चालु आर्थिक वर्ष २०८०–८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । तर, अर्थवार्षिक समिक्षा सार्वजनिक गर्दै बजेटको आकार २ खर्ब हाराहारीमा घटाइएको हो ।


    अर्थ चौतारी
  • मंगलबार, १ फाल्गुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved