काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याएको बताइएको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता हुँदा राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जरी गरेर बजारबाट पैसा तानिरहेको छ । तर बैंकहरु निकै सस्तो ब्याजदरमै केन्द्रीय बैंकमा निक्षेप राख्न बाध्य छन् । यो व्यवस्था कार्यान्वयन भएसँगै बैंकहरुले निक्षेप संकलन दरमै राष्ट्र बैंकमा निक्षेप राख्न पाउनेछन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times